काठमाडौ २२ ,आषाढ । रेक्स फेसन हामेले प्रत्येक गर्ने गरेको ब्युटी कन्टेस्ट तथा म्यानहन्टका कार्यक्र्रम मध्ये यसपाली दोस्रो संस्करण मिस एस ई ई आइकन २०१८ तथा पहिलो संस्करण मिस्टर नेश्नलको अन्तिम प्रतियोगिता एउटै प्राङ्गण नेपाल पुलिस क्लवमा सफलताका साथ सम्पन्न भएको छ ।

रेक्स फेसन होमका प्रवन्र्धक निर्देशक खगेस रन्जितकारका अनुसार कार्यक्रममा भाग लिनेले टेक्सेस कलेज , कलेज अफ सेन्ट्रल स्टेट तथा क्यामेलिया कलेजमा ५० प्रतिशत छात्रवृद्धि प्राप्त गर्ने छन् भने पहिलो ,दोस्रोे तथा तेस्रो हुने दुवै बिधाका प्रतिष्पर्धिहरुले १०० प्रतिशत छात्रवृद्धि प्राप्त गर्ने छन् ।बिजेताहरुले हर्स राइदिङ, स्विमिङ, जिम,जुम्बा र एयर होस्टेज ट्रेडिङको फ्रि प्राप्त गर्ने आयोजकले जनाएको छ । रेक्स फेसन होमले यहि महिनामा मिस फेसन फ्युजन आइकन २०१८ को दोस्रो संस्करण गर्ने भएको छ । रेक्स फेसन होमका सियो रेक्स रन्जितले पिगननिउजलाई जानकारी दिएका छन् ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा टेक्सेस कलेज तथा टेक्सेस स्कुलका प्रिन्सिपल श्याम शुन्दर श्रेष्ठ,बिषेश अतिथिमा कलेज अफ सेन्ट्रल स्टेटका रमेश घिमिरे,क्यामेलीया कलेजका प्रिन्सिपल रुद्र अधिकारी साथमा नेश्नल मोडेल कलेजका प्रिन्सिपल ‘‘ रहनु भएको थियो भने निर्णायकमा न्यु जेनिथ मोडल इङिलसका प्रिन्सिपल राजु महर्जन, गायक भिम तुलाधर ,गायक निर्णय श्रेष्ठ, गायक राजन इशान, गायक रुपेश डंगोल, पत्रकार मनोज रत्न शाही , मिस नेपाल २०१७ समृद्धि राज भण्डारी ,मोडल सन्जु तामाङ,नेपाः डान्स नेपाल एकेडेमीको चिफ रिना महर्जन ,तथा सुपर मोडल श्रृजना महत रहेका थिए ।

मिस एस ई ई २०१८ मा १२ जना प्रतिष्पर्धि थिए भने विनरमा नैना खड्गी, फस्ट रनर अफ मन्दिरा खड्का तथा सेकेन्ड रनर अफमा प्रिती भक्त भएका थिए । उक्त प्राङगणमा मिस्टर नेश्नलको उपाधि रविन तन्दुकारले हात पारेका थिए भने ,फस्ट रनर अफ सुबोध श्रेष्ठ र सेकेन्ड रनर अफमा प्रतिक महर्जन भएका थिए ।

 

तपाईको प्रतिक्रिया