राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपालि लोक तथा दोहोरी गित संगीतको क्षेत्र संग सम्बन्धित कलाकारहरु खाएर होस् या नखाए आम संगीत पारखीहरु माझ समर्पित बनिरहेका छन् । सोहि क्रममा गायिका बेवी खड्का पनि अशंख्य श्रोता एवं दर्शकहरु माझ समर्पित हुन आएकी छिन् । उनले निकै मेहनतको साथमा मेरो प्रस्तुतिमा बजारमा आएको गीतलाई जे जसरी सार्बजनिक गरिएको छ सोहि अनुरुप सुनेर हेरेर साथ् दिनु हुन अनुरोध गरेकी छिन् ।

देवी खड्का को प्रस्तुति “जिबन कहानी” को नाममा बजारमा आएको यस गीतमा अर्का प्रतिभावान कलाकार राज थोकर र देवी खड्का कै सुमधुर स्वर सुन्न सकिन्छ । बिनोद लामाको लय तथा शब्द सृजनाले सजिएको गीतको म्युजिक भिडियोमा भुवन ब्रो र अश्मिता राईको अभिनय रहेको छ । निकै आकर्षक ढंगले तयार पारिएको भिडियोलाई निर्देशन खामेश श्रेष्ठले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया