Flash

रोशन पोखरेल , काठमान्डाँै , असार २२
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा सुपारी म्युजिक प्रालीको प्रस्तुतीमा अनु राना मगर र ओम प्रकाश परियारको निकै रमाइलो तिजको गीत “तीज आएको बेला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा वियोगान्त भावहरु भन्दापनि स्वच्छ मनोरञ्जन दिनको लागी आफुहरुले निकै मेहनत गरेर गीत बजारमा ल्याएको गायिका अनु राना मगरले बताइन । गीतमा राजेन्द्र कडेँल र गायिका अनुराना मगरको आवाज रहेको छ । जिवन प्याकुरेलको शब्द सिर्जना तथा राजेन्द्र कडेँलको मौलिक लय सिर्जना तथा विनोद बाजुरालीको एरेन्जमा निकै रमाइलो गीत बजारमा आएको हो । गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन भने प्रविन भटटले सम्पादन गरेका छन । गीतको भिडियोमा प्रकाश सपुत , अन्जली अधिकारी , उज्वल गीरी दानविरको नित्य रहेको छ । निकै राम्रो नित्य निर्देशन गर्ने काम भिडियो निर्देशक काजिश श्रेष्ठले गरेका हुन ।
हेर्नुहोस भिडियो ।

Published date : २०७५-असार-२२ १८:४७

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]