रोशन पोखरेल , काठमान्डौँ , असार २३
सलिना म्युजिक प्रालीको प्रस्तुतीमा सगरमाथा अनलाईन रोधी र निमा तामाङको संयुक्त्त लोकदोहोरी गीत “नासो ” बोलको गीतमा गायिका देवी धर्ति मगर र गायक प्रकाश पराजुलीको आवाजमा रहेको गीत युटुव मार्फत सार्वजनिक भएको छ । दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ ।
निमा तामाङ र गायक नेत्र प्रसाद ढुङगानाको शब्द तथा प्रकाश पराजुलीको मौलिक लय सिर्जनामा गीत तयार गरिएको हो । माया गर्ने मायालु अर्कैको बन्दा मनमा पिडा भएको गायिका धर्तिले बताइन । सुरेश श्रेष्ठले छाँयाकन गरेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन । गीतको भिडियोमा विमल अधिकारी , सविना गुरुङ , बसन्ती मगर र सागर बत्सयालको अभिनय रहेको छ । गीतको भाव अनुसारको भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया