काठमान्डाँै , असार २३
सुदुर पश्चिमको भुभागमा देउडा गीतको विशेष स्थान रहेको छ । नेपाली लोक सस्कृतिलाई जर्गेना गर्नको लागी सर्मर्पित टि टाइम म्युजिक प्रालीको प्रस्तुतीमा चर्चित डेउडा गायक हिक्मत कुँवरको मार्मिक लय तथा शब्द सिर्जनामा नयाँ मार्मिक देउडा गीत माया जालमा लगाई पाँसो को अडियो सार्वजनिक भएको छ ।
जिवनका कठिन अवस्थालाई चित्रण गदैँ मायालुको अभावमा जिवन निकै कष्टकर हुने कुरा गीतमा ब्यक्त गरिएको छ । आफनी प्रेमीकालाई जिवनको कुनैपनि क्षणमा भुल्न नसक्ने कुरा गीतमा ब्यक्त गरिएको छ । निकै मार्मिक गीतमा सुदुर पश्चिमका जनताले भोगेको पिडा र जिवन सर्षधमा मायालु जोडीबाट छुटनु पर्दाको वियोग भेटन सकिन्छ ।गीतमा गायक इन्द्र जिसी र गायिका गौरी भटटको आवाज रहेको छ । गीतमा हिक्मत कुँवरको शब्द तथा संगीत तथा मौलिक लय सिर्जना रहेको छ । गीतलाई इन्द्र जिसीले एरेन्ज गरेका छन ।
अडियो सुन्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया