२५ असार, काठमाडौं । विहान उठ्ने वित्तिकै, पहाडमा जाडो बढेदेखि, कहिले तिम्रो पछ्यौरीमा अल्झें जस्ता दर्जनौं गीतमा संगीत भरेका आलोकश्रीलाई महानगर प्रहरीले नियन्त्रणमा लिएको छ । विना कसूर अनामनगरस्थिति उनको गुन्जन स्टुडियोबाट प्रहरीले नियन्त्रण लिइएको संगीतकार आलोकश्रीको आरोप छ ।

गाडी पार्किङको विषयमा स्थानीय र महानगर प्रहरीबीच विवाद हुँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको बुझिएको छ । यतिखेर महानगर प्रहरी बग्गीखानामा रहेको र उनलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा छलफल भइरहेको दिनेश न्यौपानेले जानकारी दिए ।

नगर प्रहरीले यो विषय मेयर विद्याशुन्दर शाक्यलाई जानकारी गराउने बताएपछि आलोकले भने, ‘मेयरलाई भनेर के हुन्छ ? उहाँ पनि हाम्रै ट्याक्सबाट चल्ने त हो नि ?’

सोहि विषयलाई लिएर महानगर प्रहरीले महानगर प्रमुखमाथि गाली गरेको आरोप लगाउँदै उनलाई गिरफ्तार गरेको थियो । उनलाई अभद्र शैलीमा गिरफ्तार गरिएको थियो ।

महानगर प्रहरीले सडक छेउँमा राखिएका मोटरसाइकल तथा स्कुटर गाडीमा राख्ने क्रममा स्थानीय र प्रहरीबीच विवाद भएको थियो । स्थानीय एक व्यक्तिले उजुरी गरेपछि आएको महानगर प्रहरीले बताएको छ । प्रहरीले पटकपटक फोन आएपछि आएको जनाएको हो ।

तर, अन्य स्थानीयले पार्किङले कुनै समस्या नभएको बताएका छन् भने उनीहरुले कुनै एक व्यक्तिको रिसइवीका कारण अरुलाई समस्या हुन नहुने बताएका छन् । सडक छेउमा एकतर्फी पार्किङ गर्न पाउनु पर्ने स्थानीयको माग छ ।

साभार म्युजिक खवर डटकम

तपाईको प्रतिक्रिया