असार २६, काठमाण्डौ
फरक शैलीका साथ फरक स्वाद चखाउने लोक देउडा गित खेल्न्याँ थली भिडियो सहित सार्वजनिक भएको छ । बिगत लामो समय देखि गित संगितमा लाग्नु भएका गायक राम बहादुर दानीको शब्द संगितमा तयार पारिएको लोक देउडा गित खेल्न्या थली बाँठ्या पौँणो भाग २) मा चर्चित देउडा गायिका पुष्पा वोहरा, राम बहादुर दानी र सुमित्रा पण्डितले आवाज भर्नु भएको छ । जन्मेको माटोको मायामा समर्पित देउडा गितमा बिशेषत आफुले हासेको खेलेको, संगै बसेको वाल्यकालमा स्कुल पढ्दाका साथी संङ्गी संग काफल खादै गाइ वाख्रा चराउन बनबेत गएका कुराहरु गितमा समेटिएको पाइएको छ ।

सेती महाकाली म्युजिक प्रा.लि.ले उत्पादन गरेको यस लोक देउढा गितको निर्देशन शेर साँउदले गर्नु भएको छ भने गितमा चर्चित देउडा क्षेत्रमा अभिनयमा नाम कमाउन सफल नायिका रोजी कुँवर, मिन रावल र शेर साँउदले गर्नु भएको छ । मिन रावलले सम्पादन गर्नु भएको सो गितको छायाङ्कन डि.वि.रौलेले गर्नु भएको छ । सुमित्रा पण्डित र राम बहादुर दानीको संयूक्त कोसेली स्वरुप गित बजारमा आएको गायक राम बहादुर दानीले बताउनु भएको छ । संगै स्कुलमा पढ्दाका क्षणहरुलाई शब्दमा बुनेर तयार पारिएको सो गित बडिमालिका नगरपालिका वडा नंं १ पिनालेख बाजुरा एकै गाँउमा जन्मिएका गायन क्षेत्रका जोडीको संगै स्कुल पढ्दाका साथी संगीका विगतमा आफ्नै जन्म थलीमा हाँसे खेलेका कुराहरु गितमा समेटिएका छन ।

उसो त साँगितिक पेषामा लागेका राम बहादुर दानीको पनि नयाँ नाम होइन । नव गायिका र गायकहरुलाई संगितमा जन्माउन सफल गायक दानीले यस अघि बाँठ्या पौणे गितमा पनि बाजुरा जिल्लाकै नव प्रतिभवान चेली ललिता थापाई सोराङ्कन गराउनु भएको थियो ।
पहिलो देउडा गित पात झरीगै कुवा वाट साँगितिक यात्रा शुरु गरेका गायक दानीले पात झरिगै कुवा,खप्तडी पाटन,शुदुरपश्चिम धनगढी,झल्का मात्रै चिसा, लाली ओठमा कोठी,डोटी दिपायलकी सेती, अपि सैपालका सिर, खाडी बग्या आँसु लगायत दर्जन गितहरुमा आवाज दिई सक्नु भएको छ भने तिन दर्जन बढि गितमा संगित भरी सक्नु भएको छ । सेती महाकाली म्युजिक प्रा.लि.का प्रबन्ध निर्देशक समेत रहनु भएका गायक दानी आफैमा शुसल शर्जकको रुपमा चिनिनु हुन्छ । खेल्न्या थली नामक लोक देउडा गित खेल्न्या थली (बाँठ्या पौँणो भाग २) सेती महाकाली म्युजिक प्रा.लि.को युटुव च्यानेल मार्फत सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया