सुदुर पश्चिमको भुभागमा लोकप्रिय देउडा गीतलाई बजारमा ल्याउने क्रममा ब्रह्म गुरु म्युजिक प्रालीको प्रस्तुतिमा सर्जक हरिश विष्ट र गायिका गौरी भटटको आवाजमा परदेशीको भोगाईमा आधारित नयाँ गीत बजारमा आएको छ । नेपाली लोक सस्कृतिलाई जर्गेना गर्नको लागी निरन्तर रुपमा मौलिक सिर्जनमा लोका चर्चित डेउडा गायक हिक्मत कुँवरको मार्मिक शब्द सिर्जना र गायक रमेश विक विवसको मौलिक लय सिर्जना रहेको छ ।
जिवनका कठिन अवस्थालाई सुख दिनको लागी आफु जन्मेको ठाउँलाई छोडेर विदेशी भुमिमा जानुपर्दाको पिडालाई गीतमा समेटिएको छ । आफनो परिवारको खुशीकोलागी घन कमाउन जाने नेपाली युवाको पिडालाई गीतमा मार्मिक रुपमा ब्यक्त गरिएको छ । गीतको बजार ब्यावस्थापन ब्रम गुरु म्युजिक प्रालीले गरेको छ ।
अडियो सुन्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया