काठमाडौं । पछिल्लो समयकी चर्चित नायिका एवं मोडल दिपाशा बिसीले आफुसँग प्रेम प्रस्ताव हजारौंको संख्यामा आउँने गरेको बताएकी छिन् । करिब दुई वर्ष नृत्य प्रशिक्षण र एकवर्षे अभिनय प्रशिक्षणपछि चलचित्र ‘दुलही रानी’बाट डेब्यु गरेकी दिपाशा बिसीको अभिनय यात्रा आठ वर्ष लगभग पुगेको छ ।

अहिले उनलाई चलचित्रमा भन्दा पनि ‘म्युजिक भिडियो मोडलिङ’मा भ्याइनभ्याइ छ । सुर्खेत वीरेन्द्रनगरकी दिपाशा अध्ययनसँगै ‘कला करिअर’ बनाउन काठमाडौं आएकी थिइन् । उनले ६ वर्षको ‘म्युजिक भिडियो करिअर’मा ५ सय ९ भिडियोमा मोडलिङ गरिसकेकी छन् । दिपाशाले भारतीय गायिका सञ्जीवनीको स्वर रहेको हेमन्त शिशिरको ‘तिमी थोरै‘,’बाट म्युजिक भिडियोबाट डेब्यु गरेकी हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

त्यस्तै, कृष्ण रेउलेको ‘अझै छु म पागल बनेको‘,’ झरक संगीतमको ‘नानी आँखामा‘,’ हरि विष्टको ‘माइतीको देशमा‘,’ रामजी खाँडको खोया‘,’ गोपाल नेपाल जीएमको ‘नक्कली मोरी‘,’ स्वरूपा रसाइलीको ‘तिम्रै काखमा‘,’जस्ता हिट गीतको भिडियोमा उनले अभिनय गरेकी छन् । स्टेजमा पनि उत्तिकै व्यस्त हुने गरेकी छन्, दिपाशा ।

नायिका बन्ने सपना बुनेकी दिपाशाले ‘दुहली रानी’पछि ‘झेली,’ ‘ताल,’ ‘बिरानो माया’जस्ता चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको फिल्म ‘रमिता’ प्रदर्शन तयारीमा छ । उनी आफुले मायामा विश्वास गर्ने बताउँछिन् । मायाले नै संसार चल्ने भएको हुँदा आफुलाई पनि मायामा विश्वास लाग्ने उनले जानकारी दिइन् ।

उनी अगाडि यो पनि बताउँछिन् कि उनको अहिले कोही प्रेमी छैन तर हुनेछ भन्ने कुराको विश्वासमा उनी छिन् । उनलाई ‘म तपाँईलाई लभ गर्छु, माया गर्छु’ भन्ने धेरै छन् । माया गर्छु भन्नेलाई उनले ‘धन्यवाद’ भन्ने गरेकी छिन् । सिरियससँग प्रेम गर्ने केटा फेला परेको छैन । उनको पेसा कलाकारिता भएकाले कलाकारिता बुझ्ने र साथ दिनेसँग मात्र उनले विवाह गर्ने स्पष्ट पारेकी छिन् ।

तपाईको प्रतिक्रिया