अभिनेता कामेश्वर चौरासिया प्रहरी नियन्त्रणबाट मुक्त भएका छन् । कोरोना प्रभावितहरुलाई राहत बाड्न हिडेका चौरासिया र अन्य चार जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको थियो । उनिहरु पर्सास्थित सखुवा पर्सौनीमा रहेका लोपन्मुख उराव समुदायलाई राहत वितरण गर्न हिडेका गएको बेला दिउसो करिब ११:४५ बजे प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रहरीको नियन्त्रणमा पर्नेमा चौरासिया सहित फिल्मकर्मी तथा ‘भोर’ का अध्यक्ष राजकुमार महतो र अन्य तीनजना – रमेश सापकोटा, जागृत चौरेल र प्रकाश पौडेल छन् । नियन्त्रणमा राखिएको ६ घण्टा पछि सबैलाई छोडिएको हो ।

उनीहरुको टोलि दुई संस्थाहरु – ‘परोपकार युवा संजाल’ र ‘भोर’ को सहकार्यमा पर्साको दुर्गम स्थानमा रहेको सखुवा पर्सौनीमा रहेका अति नै विपन्न उराव समुदायका १९ परिवारको लागि राहत स्वरुप चामल, दाल, मास्क आदि सामग्री वितरण गर्न गएको थियो । कामेश्वरले आफुहरु गाविस अध्यक्ष प्रदिप जैसवालको आग्रह र पत्रका आधारमा राहत लिएर त्यहाँ पुगेको बताए । अध्यक्ष प्रदिप जैसवालले पनि आफूहरुसँगको समन्वय र अनुमतिपछि नै राहत वितरणका लागि कामेश्वरको टोली त्यहाँ पुगेको बताए ।

यस बिषयमा सोधपुछ गर्दा समन्वय नभएको कारणले उनीहरुलाई नियन्त्रणमा लीईएको बिरगंज प्रहरीले जानकारी दिएको छ ।त्यस्तै फिल्मकर्मी राजकुमार महतोले आफुहरुलाई एसपीले भेट्न बोलाउनु भएको भनेर साढे एघार/ बाह्र बजे तिर दुइ जना हवल्दारहरुले प्रहरी कार्यालय लगेको, आफुहरुलाई सवा चार बजे सम्म त्यहाँ राखेको बताए । उनले आफुहरु बिहानै ६ बजे घरबाट हिडेको भएर सबैजना दिनभर भोकै भएको पनि बताए । उनले भने – ‘एसपी लाई धेरैबेर कुरे पछी अरुनै प्रहरी आए र हामीहरुलाई गाँजा तस्करलाई जस्तो केरकार गरे’ ।

रिहा भए पछि उनीहरु राहत वितरण गरेर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया