कृषि टेलिभिजनबाट प्रशारण भएको ‘कोरोना बिर्साउने गफगाफ’ कार्यक्रममा मधेसी समुदायप्रति अपमानित गरेको भन्दै यो कार्यक्रम बन्द गर्नुपर्ने माग उठेको छ । साथै, प्रदेश २ सरकारका मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक पत्र समेत लेखेका छन् । जसमा, उनले मधेसी समुदायलाई अपमानित गरेको दाबी गर्दै केही टेलिभिजन कार्यक्रमहरु बन्द गर्न माग पनि गरेका छन् । जसमा, हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘जोगिन्दर बोले प्रणामजी’को पनि नाम समावेश छ ।

हिमालय टेलिभिजन स्थापना भएसँगै यो कार्यक्रम संचालन हुँदै आएको छ । ६ सय भन्दा बढी भाग प्रशारण भैसकेको यो शोलाई शिव शंकर रिजालले संचालन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया