काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामा सामाजिक सञ्जालमा धेरै समय व्यतित गर्ने सरकारी कर्मचारीमा पर्छन् । आफूलाई मनमा लागेको विषय निर्धक्क र नडराइकन उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन् । आफ्नो स्टाटसकै कारण उनी कारबाहीमा परेका छन् ।

सरकारले लामालाई नेपाल वायुसेवा निगमको प्रवक्तासमेत नियुक्त गरेको थियो । तर, निगमभित्रकै वेथिति उजागर गरेको भन्दै उनलाई स्पष्टीकरण सोधेको थियो । त्यसपछि उनको प्रवक्ता पद खोसियो । तैपनि उनले आफ्नो जागिर र जनचेतना फैलाउने काम गर्न छाडेका छैनन् ।

यसैक्रममा अहिले नेपालले जारी गरेको नयाँ नक्साबारे आ–आफ्नो धारणा राख्ने क्रम तीव्र रूपमा विस्तार भइरहेको छ । के नेता, के अभिनेता, के कर्मचारी, के बुद्धिजीवी सबैले भारतले नेपालको सीमा अतिक्रमण गरेको विरोध जनाउँदै नयाँ नक्साको स्वागत गरेका छन् । तर, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र सरिता गिरीलाई यो पचेको छैन । उनीहरू भारतलाई चिढ्याउन नहुने भन्दै सरकारले उत्तेजित बनाइरहेको विचार राख्दै आएका छन् ।

त्यसलाई काउन्टर दिने गरी क्याप्टेन लामाले बाबुराम र सरिता गिरीलाई प्रश्न गरेका छन् । उनले शनिबार फेसबुकमा लामो स्टाटस लेख्दै के सधैं नेपाल र नेपाली भारतसँग डराएर बस्नुपर्ने ? उसको गुलाम मात्र गर्नुपर्ने भन्दै प्रश्न सोधेका छन् ।डाक्टर बाबुराम भट्टराई, सरिता गिरि जस्तै सबैलार्इ प्रश्न मेरो ।

के नेपाल र नेपालीले सधै डराएर मात्र बस्नुपर्ने ? गुलामी मात्र गर्नु पर्ने ? कि के हो ?
हाम्रो अस्तित्वको कुनै मूल्य छैन ? हाम्रो कर्तब्य होइन नेपाललाइ सुरक्षित राख्न ? के हाम्रो धर्म होइन मातृभूमिको लागि सधै पाले बन्न ? प्रमाणसहित आफ्नो राय, आफ्नो बिचार अनि सोच राख्न पनि नपाइने हाम्रा प्रधानमन्त्री, मन्त्री अनि नेपाली जनताले ?

सरिता गिरी के तपार्इको घरभित्र के के गर्दै हुनुहुन्छ ? के कस्तो परिकारको खानेकुरा बनाउँदै हुनुहुन्छ ? त्यसको बिबरण छिमेकीलार्इ भनेपछि मात्र काम सुरु गर्ने हो ?
याद राख्नुस् तपार्इहरु जुन ओहोदामा बस्नुहुन्छ, त्यहाँ बसेर जथाभाबी बोल्नु अगाडि सोच्ने गर्नुस्, त्यसको गुन्जन र असर कति पर्छ जनमानसमा भनेर ?

यो समय नेपाल सरकार र नेपाली जनता एक भएको बेला सरकार र जनतालार्इ साथ दिएर कुत्नैतिक निकाए मार्फत या अन्तर्राष्ट्रिय अदालत मार्फत समस्याको हल गराउन साथ दिन मिल्दैन ? कि यसरी नै मनमुटाव बढाउने अभिव्यक्ति दिँदै बस्ने ?

तपाईको प्रतिक्रिया