काठमाडौं , जेष्ठ ११ ।
भारतीयले सडक निर्माण गरेको नेपालको लिपुलेक कालापानी क्षेत्रलाई फिर्ता ल्याउनका लागि सबै नेपालीलाई एकजुट गराउनका लागि सांगीतिक अभियान मार्फत् गायक गायिका तथा कलाकारहरु एक जुट भएर अघि बढेका छन् । गायक नेत्र भण्डारी, कृष्ण केसी , गायिका मिना लामा र सिता केसी को आवाजमा रहेको ‘हाम्रो भुमी फिर्ता गर ’गीत यूट्यूबबाट सार्वजनिक गर्दै भारतीयले हस्तक्षेप गरेका भूमिहरु नेपालले फिर्ता ल्याउन सबै नेपाली एकजुट हुन आग्रह गरिएको छ ।

सो गीतले सम्पूर्ण नेपालीहरु एकजुट भएर आफ्नो सीमा जोगाउन अघि बढौं भन्ने भावना बोकेको छ । विश्वमा कोरोना भाइरसले त्रसित बनाइरहेको बेला भारतले भने सीमानामा सडक निर्माण गरेको छ । विसम परिस्थिीतिका बाबजुत पनि हामी नेपालीले राष्ट्रिय स्वाभिमानको लागी सदैव नेपालको भूमिमा निर्माण गरेको सडकको विषयमा यतिखेर सरकारी तबरबाट पनि नक्सा सार्वजनिक गरिसकेको छ भने भूमि फिर्ता गर्ने अभियानमा सबै एकजुट आव्हान गरिएको छ ।
प्रेम कटवालको शब्द तथा कृष्ण केसीको संगीत संयोजन सो गीतमा रहेको छ । मातृभुमी प्रतिको माया र स्नेहलाई गीत मार्फत समेटिएको छ । ‘हाम्रो भुमी फिर्ता गर ’ गीत मार्फत सम्पुुर्ण नेपालीले भारतिय विस्तार बादको विरुद्धमा आवाज उठाउनको लागी आव्हान गरिएको छ । सुरेश श्रेष्ठको छायाँकन , क्रन्ति केसी को सम्पादन तथा शिवन पोखरेलको निर्देशन भिडियोमा रहेको छ । ‘हाम्रो भुमी फिर्ता गर ’ गीतको भिडियोमा चन्द्र शर्मा , शंकर विसी , पशुपति शर्मा , रमेश राज भटटराई , केपि खनाल , शिवराज कार्की , विनित अर्याल , अस्मित रायमाझी , नवराज कोइराला , सुरेश हमाल, आंङकाजी शेर्पा , प्रेम कटवाल , प्रकाश घिमिरे ,शिवन पोखरेल ,सिताराम पोखरेल , शेरवहादुर डिसी , कृष्ण कडेँल , सिडि विजय अधिकारी , अनिता बस्नेत , भिम केसी , अनुमती नेपाली , लक्ष्मी आचार्य , समिला रायमाझी , आर्यन पुडासैनी , मधु आचार्य , नेत्र राउत , सुवास खड्का , रामकृष्ण श्रेष्ठ , नारायण सरु , प्रकाश बराइली , जुरी ठाकुर लगायत कलाकारको अभिनय भिडियोमा रहेको छ ।

‘हाम्रो भुमी फिर्ता गर ’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नृुहोस ।

तपाईको प्रतिक्रिया