मुम्बई । सरकारको समर्थनमा विश्वव्यापी दूरसञ्चार कम्पनीहरुले केही महिना/वर्षमा पाँचौँ पिँढीको वायरलेस नेटवर्क (५जी)को जडान अगाडि बढाउने तयारी गरिरहेका छन् । त्यसपछि विश्वको कुनै कुनाबाट पनि लेटेन्सी वायरलेस सञ्चारको पहुँचले अभूतपूर्व सामाजिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

यद्यपि, बलिउड अभिनेत्री जुही चावलाले भने यसविरुद्ध मुद्दा दर्ता गराएकी छन् । प्रविधि र डिजिटल सञ्चारको क्षेत्रमा आफ्नो प्रगति र उपलब्धिलाई बढावा दिनको लागि भारतले प्रवेश गर्न लागेको ‘५जी रेस’ले राष्ट्रका वर्तमान र भविष्यका पुस्ताहरुको स्वास्थ्यमा पुग्न जाने खतरनाक कारकहरु देखाएर उनले सोमबार दिल्ली उच्च अदालतमा मुद्दा दर्ता गराएकी हुन् ।

“हामी प्राविधिक प्रगतिको कार्यान्वयनको विपक्षमा छैनौँ । हामी प्रविधिको दुनियाँले उत्पादन गरेका नयाँ–नयाँ प्रविधिहरुको रमाएर प्रयोग गर्छौँ । यद्यपि, पछिल्लो प्रविधिहरुको प्रयोग गर्दा हामी दुविधामा छौँ । किनभने, हामीले वायरलेस ग्याजेट्स र नेटवर्क टावरबाट निस्कने आरएफ रेडियसनको बारेमा आफैँले अनुसन्धान गर्‍यौँ । जसबाट यो रेडियसन एकदमै हानिकारक र यो स्वास्थ्य र मानिसको सुरक्षाको हिसाबमा एकदमै खतरनाक भएको पायौँ,” जुहीले निवेदनमा लेखेकी छन् ।

रिट निवेदनमा भनिएको छ, “यदि, दूरसञ्चार उद्योगको ‘५जी’ योजना कार्यान्वयन भए पृथ्वीमा रहेका कुनै पनि व्यक्ति, जनावर, चरा, कीरा र बोटबिरुवा यसको प्रभावलाई रोक्न सक्दैनन् । दिनमा २४ घण्टा, वर्षमा ३६५ दिन नै आरआएको रेडिएनसको प्रभाव रहनेछ, जुन आजको भन्दा सय गुणा ठूलो हुन्छ । जसले मानवमा र पृथ्वीको इको–प्रणालीमा अस्थायी रुपमै असर गर्नेछ ।”

जुहीले निवेदनमा पृथ्वीको कुनै पनि चिजलाई हानि गर्छ वा गर्दैन भनेर यसबारे अनुसन्धान गर्न र भारतमा ५जी नेटवर्कको कार्यान्वयन सुरक्षित हुनेछ वा हुँदैन भनेर घोषणा गर्न लगाउन पनि माग गरेकी छन् । बलिउड हंगामाबाट ।

तपाईको प्रतिक्रिया