काठमाण्डौ । परिवारमा छोरी नै छोरी हुँदाको कथामा लोकप्रिय गायक तथा सर्जक सुरेश बानियाँले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा तीज गीत “माइतीको देशैमा” सार्वजनिक गरेका छन् । संस्कृतिको नाममा विकृतिजन्य गीत संगीत बजारमा थुप्रै आइरहँदा उनले तीज गीत के हो र यसको यथार्थ मर्म के हो भन्ने कुरा छर्लंग पार्ने कोसिस गरेका छन् ।
गीतमा लोकप्रिय गायिका टिका पुनको र किरण श्रीपालीको सुमधुर स्वर सुन्न सकिन्छ । सुरेश बानियाँद्वारा संगीत संयोजन भएको गीतलाई लय शब्द पनि सुरेशले नै भरेका छन् । बहुप्रतिभासाली कलाकार सुरेशले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।
तीज गीत “माइतीको देशैमा” को अडियोमा जति मिठास्ता र सामाजिक यथार्थता छ, उतिनै भिडियोबाट पनि छर्लंग पार्ने कोसिस गरिएको छ । भिडियोमा एलिना रायामाझी, जुना गुरुङ, रेणु दुलाल, र अनुषा खड्का र पासांग डोल्माको अभिनय देख्न सकिन्छ ।
चित्र मास्केद्वारा निर्देशित भिडियोलाई छायांकन सुनिल भण्डारीले गरेका हुन् भने सम्पादन पदम सुबेदीले गरेका हुन् । गीत नेपालय टिभी युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।