काठमाण्डौ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्बृद्धिका निमित्त मोडलिंग विधाबाट लोकप्रियता हाँसिल गरेका कलाकार कुमार सुनेलले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “चोली तुनामा” भर्खरै सार्वजनिक गरेका छन् । उनले यस गीतलाई गोकुल ढकाल संगको संयुक्त प्रस्तुतिको रुपमा सार्वजनिक गरेका हुन् ।

कलाकार कुमार एक सफल व्यवसायी समेत हुन् । उनले अहिले सुर्यविनायक नगरपालिकाको नयाँ ठिमीमा सौगात सुनचादी पसल सन्चालन गरिरहेका छन् ।

गोकुल ढकाल र कुमार सुनेलको संयुक्त प्रस्तुतिको रुपमा सार्वजनिक भएको चोली तुनामा, बोलको गीतमा खेम सेन्चुरी र रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सागर लामाले भरेका हुन् भने शब्द महेन्द्र बिस्वकर्माको रहेको छ ।

कुमार सुनेल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा कुमार सुनेल र दिपा शाहीको आकर्षक अभिनय देख्न सकिनेछ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन राजाराम सिम्खडा र सम्पादन बिष्णु खड्काले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया