काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक उमेश ठगुन्नाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “धानको बाला” भर्खरै सार्वजनिक गरेका छन् । गीतमा घाँस दाउरा मेलापात गर्दा बसेको निश्चल प्रेमलाई स्मरण गरिएको कथा समाबेश गरिएको छ ।
ठगुन्ना कै लय र जे बि ओलीको शब्दबाट सजिएको गीतमा उमेश ठगुन्ना र देवी घर्ति मगरको सुमधुर स्वर सुन्न सकिन्छ । मुर्चुङ्गा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई संगीत संयोजन पनि पदम बि सी ले गरेका हुन् ।
जे बि ओली युरोप नेपाल रोधीघर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको “धानको बाला” बोलको गीतको म्युजिक भिडियोमा प्रकाश दुरा र शुसिला बि क को आकर्षक अभिनय देख्न सकिन्छ । तिलक ठकुरीद्वारा निर्देशित भिडियोलाई छायांकन सरोज शाही र सम्पादन बि एम मल्लले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।