काठमाण्डौ । व्यवसायिकताको नाममा भित्रिएक धेरै गीत भन्दा पृथक र मौलिक स्वादमा रमेश पौडेल मकवानपुरे भाई र बिद्या लामाले आफ्नो सांगीतिक प्रस्तुति “गाजलु आँखैमा” भर्खरै सार्वजनिक गरेका छन् । गीतमा आफ्नै गाउँवस्ती र कुना कन्दरामा प्रयोग हुने भाका तथा शब्दलाई रोमान्चक ढंगले बुनिएको छ ।
ज्ञानराज राइको लय तथा शब्दले सजिएको यस गीतमा रमेश पौडेल मकवानपुरे भाई र बिद्या लामाको सुमधुर स्वर सुन्न सकिन्छ । यमन खनालको संगीत संयोजनले सजिएको गीतलाई महक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
गाजलु आँखैमा” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा रबिना पौडेल र सरोज प्रजाको अभिनय देख्न सकिन्छ । निरेन श्रेष्ठद्वारा निर्देशित भिडियोलाई छायांकन चक्र बराल र सम्पादन रोशन धितालले गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।