काठमाण्डौ । नेपाली लोक संगीतका धरोहर वरिष्ट गायक तथा सर्जक घमेश दुलालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “इन्द्रावती उर्लियो” भर्खरै बजारमा ल्याएका छन् । आम श्रोता तथा दर्सकहरुले केहि सुस्ताएको महसुस गरेता पनि उनि अहिलेको समयमा खुबै जुर्मुराएको अनुमान गर्न सकिन्छ । जसको कारण नेपाली लोक संगीतले निकै राम्रो प्रतिफल पाएको छ ।

घमेश्को भर्खरै बजारमा आएको गीतलाई लय नारायण दंगालले भरेका हुन् भने शब्द शम्भु नेपालको रहेको छ । गीतमा घमेश दुलाल र शारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ । घमेश दुलाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोमा दिपेन्द्र सोनाम र सबिता राईको अभिनय देख्न सकिन्छ ।

“इन्द्रावती उर्लियो” बोलको गीतको म्युजिक भिडियोलाई दिनेश डागीले निर्देशन गरेका हुन् भने कोरोयोग्राफी तिलक शाही र छायांकन तथा सम्पादन ओम प्रसाईले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया