काठमाण्डौ । हाल प्रवासमा रहेका सर्जक भिसन थापा मगरले मर्मस्पर्सी गीत संगीतका प्यासिहरुका लागी आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “रुन सकिन” लाई भर्खरै सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरुमा काम गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

भिसनको हालै बजारमा आएको माथि उल्लेखित गीतमा शम्भु फोम्बो लिम्बु र रिमा थापा मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय भिसन थापा मगरले भरेका हुन् भने शब्द भिसन थापा मगर, रिमा थापा मगर र गीता बुढा प्रिती (जीवनी” को रहेको छ ।

वियोगान्त प्रेमभावमा रहेको “रुन सकिन” बोलको गीतको म्युजिक भिडियोमा अशोक पौडेल, जुना गुरुङ र शम्भु फोम्बो लिम्बुको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन कुमार केसीले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन अमृत चापागाईंले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया