काठमाण्डौ । बिगतका निकै लामो समयदेखि आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी गायिका सलिना मोक्तानले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “खोटांग झाक्रिबास” बोलको गीत सार्वजनिक गरेकी छिन् ।
उनले यस गीतलाई झाक्रिबासका सम्पूर्णलाई समर्पण गर्दै बजारमा ल्याएकी हुन् । गीतमा जनक लामा र सलिना मोक्तानको सुमधुर स्वर सुन्न सकिन्छ । अर्चना स्याङ्गतान युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतलाई लय गायिक स्वयम् मोक्तानले भरेकी हुन् भने शब्द जानक लामा र सलिना मोक्तानको रहेको छ ।
यस गीतको म्युजिक भिडियोमा दानु रुम्बा र बिपना थापा मगरको आकर्षक आभिनय देख्न सकिन्छ । शिशिर बुढाथोकीद्वारा निर्देशित भिडियोलाई महेश महराले खिचेका हुन् भने सम्पादन बिनोद बमले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।