नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पारित गर्दै मनमोहन विश्वविद्यालयको चौथो सभा सम्पन्न
विराटनगर, २ असोज
नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रस्तावहरु पारित गर्दै कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो साधारण सभा सम्पन्न भएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा मनमोहन विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले औपचारिक रुपमा झण्डा फराएर भदौ ३० गते उदघाटन गरेको चौथो सभा नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रस्तावहरु परित गर्दै सम्पन्न भएको हो ।
...














