शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तल, कारोबार रकम ८ अर्ब पनि पुगेन

शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तल, कारोबार रकम ८ अर्ब पनि पुगेन
काठमाण्डाै – शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५७ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच सय ८० दशमलव ७६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज गुडविल फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । बजार उ...

जापानमा वृद्धवृद्धाको सङ्ख्या अहिलेसम्मकै धेरै ३ करोड ६२ लाख ५० हजार पुग्यो

जापानमा वृद्धवृद्धाको सङ्ख्या अहिलेसम्मकै धेरै ३ करोड ६२ लाख ५० हजार पुग्यो
जापानमा वृद्धवृद्धाको सङ्ख्या बढेर अहिलेसम्मकै धेरै तीन करोड ६२ लाख ५० हजार जना पुगेको छ । जापानमा वृद्धवृद्धाको सङ्ख्या अहिलेसम्मकै धेरै भएको र यसमा ६५ वर्ष या योभन्दा धेरै उमेरका व्यक्तिको सङ्ख्या कुल जनसङ्ख्याको झन्डै एक तिहाइ अर्थात् २९ दशमलव ३ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको समाचार संस्था एएफपीले जनाएको छ । विश्वका २ सय देश र एक लाखभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ...

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा
काठमाणडौ – आज मोहम्मद जयन्ती (मोहम्मद दिवस) मनाइँदैछ । यस अवसरमा सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले सूचना निकालेर मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आज भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम...

पालिकाका रिक्त पदमा मङ्सिर १६ गते उपचुनाव हुने

पालिकाका रिक्त पदमा मङ्सिर १६ गते उपचुनाव हुने
काठमाणडौ – पालिकाका रिक्त पदका लागि आउँदो मङ्सिर १६ गते उपचुनाव हुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा उपचुनावको मिति तोकेको हो । निर्वाचन आयोगका अनुसार पालिकामा जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र उपमेयर एक–एक, अध्यक्ष दुई, उपाध्यक्ष तीन र वडाध्यक्षमा ३० पद खाली छन् । उपपचुनाव प्रयोजनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा थप कुनै ...

नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटायो
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्म...

एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने

एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने
काठमाडौँ । सर्वोच्च अदालतले एनसेलविरुद्ध परेको रिट निवेदनलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ । शुक्रबार न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट निवदेनलाई अग्राधिकार दिँदै पूर्ण सुनुवाइको लागि पेस गर्न आदेश गरेको हो ।   २०८० मंसिर २२ मा प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले एनसेलविरुद्ध रिट निवेदन दर्ता गरेका थिए । यो मुद्दामा पेसी चढेपछि नटुंगिँदासम्म ...

स्पेसएक्सको स्पेसवाक मिशन सम्पन्न, चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

स्पेसएक्सको स्पेसवाक मिशन सम्पन्न, चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
काठमाडौँ । स्पेसएक्सको पोलारिस डन मिशन सफलतापुर्वक पृथ्वीमा फर्किएको छ । यस मिशनको अन्तरिक्ष यान फ्लोरिडाको ड्राई टोर्टुगास समुन्द्रमा अवतरण गरेको हो । पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा अन्तरिक्षयानको गति २७ हजार किलोमिटर प्रतिघण्टा थियो । हावासँगको टक्करले घर्षण सिर्जना गरेको र तापक्रम १,९०० डिग्री सेल्सियस पुगेको स्पेसएक्सले जनाएको छ ।  पोलारिस डन मिसन सेप्टेम्बर १० मा एलन मस्कको कम्पनीको ...

नेप्सेमा ५० अंकको गिरावट, १० अर्बको कारोबार

नेप्सेमा ५० अंकको गिरावट, १० अर्बको कारोबार
काठमाडौँ । नेप्सेमा आज ५० अङ्कको गिरावट आएको छ । आइतबार नेप्सेमा ५०.७३ अङ्कले घटेर २६३७.७९ विन्दुमा रोकिएको छ । आज ३२४ कम्पनिको कारोबार हुदा २ करोड ४८ लाख ४६ हजार ७८२  कित्ता शेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज रिभर फल्स पावर, हिमालयन हाइड्रो र रावा इनर्जीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा न...

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४२ वर्षीय राम कुमार जिमीलाई बिहीबार प्रहरीले पक्राउ गरेको   छ ।  राम कुमारले जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्...