राजु बोहरा–काठमाडौँ । नेपाली गित संगीतको क्षेत्रमा पछिल्लो पटक तिज बिशेष गीतहरु धेरै मात्रामा आइरहेका छन् । यसरी यो समयमा बजारमा आएको तीज गीतले कुन स्थान ओगट्ने हो , त्यो सम्बन्धित कलाकारको सिर्जना र प्रचार-प्रसारमा भर पर्ने कुरा हो । तर कुनै पनि सृजनालाई जन्म दिए पछी त्यो सृजनाले शिखर चुम्छ भन्ने मान्यतामा मात्र कलाकारहरुले ति सांगीतिक कोसेलीहरु प्रस्तुत गर्ने गर्दछन ।

सोहि क्रममा सफलताको निकै आशा बोकेर अहिले हिम सम्झौता डिजिटल प्रालि मार्फत मनु थामीको तीज गीत “नाइलानको सारी” पनि भर्खरै बजारमा आएको छ । बर्ष दिनको चाड तीजमा सारा थकान भुलेर नाच्ने गाउने रमाउने बातावरण होस् भन्ने मूल उदेस्यका साथ बजारमा आएको यस गीतमा अहिलेका चर्चित गायक खुमन अधिकारी र मनु धामीको सुमधुर स्वर सुन्न सकिन्छ ।

प्रस्तुत गीतमा लय तथा शब्द सिर्जना टंक कुमाकीको रहेको छ । तीज गीतमा नारीको बेदना समिटिएको हुनु पर्दछ, यस्तै पेरिफेरीमा तयार भएको यस गीतमा भने बेदना संगै नाच्न र रमाउनका लागि पनि म्युजिक भिडियो मार्फत थप उत्कृष्टता प्रदान गरिएको छ । भिडियोमा हिमाल के.सी, सन्जिब ठकुरी, रिना थापा र प्रियांका श्रेष्ठको आकर्षक अभिनय सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन स्मृति तिमल्सिना (गुरुआमा” गरेकी हुन् भने छायांकन प्रकाश धमलाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया