‘बाः एक योद्धा’मा थप चार कलाकारको प्रवेश, निर्माण टिमले सार्वजनिक गर्यो नयाँ अनुहारहरू
बहुप्रतीक्षित नेपाली फिल्म ‘बाः एक योद्धा’ले आफ्नो कलाकार टोली विस्तार गर्दै थप चार कलाकारको नाम सार्वजनिक गरेको छ। छायांकन सम्पन्न भई हाल पोस्ट-प्रोडक्सनको चरणमा रहेको फिल्मले यसअघि झरना थापा, सुहाना थापा र दिव्य देवलाई मुख्य कलाकारका रूपमा सार्वजनिक गरेको थियो। तर अन्य कलाकारबारे भने निर्माण पक्षले लामो समयसम्म गोपनीयता कायम राखेको थियो।
बिहीबार निर्माण टिमले सागर खनाल, शिशिर सिवाकोटी, सुप्रि...














