माघ १६ को बक्स अफिस परीक्षा: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ले तोड्लान् कि नेपाली फिल्मको सुस्तता?
गत मंसिर यता नेपाली फिल्महरूले अपेक्षित व्यापार गर्न नसक्दा फिल्म उद्योग अन्योलको घेरामा परेको छ। हलहरू सुनसान, निर्माता–निर्देशक चिन्तित र दर्शक चयनमा सतर्क देखिएका छन्। यही माहोलबीच अब उद्योगको नजर माघ १६ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको दुई फरक स्वादका नेपाली फिल्म ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ माथि केन्द्रित भएको छ। देशभरका मल्टीप्लेक्सहरूले बुधबारबाटै दुवै फिल्मको शो तालिका सार्वजनिक गर्द...














