डिएसपी हुँ भनी ६ लाख ठगी गर्ने दुई जना पक्राउ

डिएसपी हुँ भनी ६ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ, जेठ २८ गते । प्रहरीले डिएसपी हुँ भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार आफू डिएसपी रहेको बताइ प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनी ६ लाख रुपियाँ ठगी गर्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ र ४२ वर्षीय रेवती ओझा पक्राउ परेका छन् । उहाले स्थायी घर काभ्रेपलान्चोक चौँरी ...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं, जेठ २८ गते । काठमाडौं महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध चार करोड ३१ लाख ७२ हजार २८७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको भन्ने उजुरी निवेद...

रौतहटमा १५ जना फरार प्रतिवादी पक्राउ

रौतहटमा १५ जना फरार प्रतिवादी पक्राउ
रौतहट २८ जेठ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दामा १५ जना फरार प्रतिवादीहरु पक्राउ गरेको हो। पक्राउ पर्नेमा कमलेश चौबे मुद्दा बालविवाह सजाय २ महिना १५ दिन कैद २५ हजार जरिबाना, पवित्र सहनी मुद्दा अपहरण, करणी प्रयास, हातहतियार,जरिबाना २५ हजार, रि...

टोखामा गोली हानेर लागुऔषध कारोबारी पक्राउ, दुई प्रहरी घाइते

टोखामा गोली हानेर लागुऔषध कारोबारी पक्राउ, दुई प्रहरी घाइते
काठमाडौं । प्रहरीले काठमाडौंको टोखामा गोली हानेर दुई जना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएको बुझिएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीमाथी नै आक्रमण गर्न खोजेपछि लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको हो । उनीहरूबाट एक सय ५...

युके र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

युके र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं, १४ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका–२ घर भएका ३६ वर्षीय एलिया तामाङ र काठमाडौं महानगरपालिका–१६ बस्ने दोलखा बैतेश्वर गाउँपालिका–६ घर भएका ४० वर्षीय कृष्ण कुमार घिमिरे रहेका छन् ।    ...

झण्डै ४८ लाखको अबैध सामान सहित ट्रक बरामद

झण्डै ४८ लाखको अबैध सामान सहित ट्रक बरामद
सर्लाही, ११जेठ। सर्लाही स्थित प्रहरी गस्ती टोलीले झण्डै ४८ लाख रुपैयाँको बिभिन्न किसिमका अबैध सामान सहित एउटा ट्रक बरामद गरेको छ। आज आईतवार बिहान पौने ८ बजे बागमती नगरपालिका १२ स्थित ईलाका प्रहरी कार्यालय कर्मैयाबाट सई सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा  बुटवलबाट मोरङ तर्फ जाँदै गरेको प्र।३(०१(००५ ख ९४६० नम्बरको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो।   प्रहरी टोली...

बाजुरामा होटलको पानी छोएको निहुँमा दलित बालवालिकामाथि कुटपिट

बाजुरामा होटलको पानी छोएको निहुँमा दलित बालवालिकामाथि कुटपिट
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा होटलमा राखेको पानी छोएको भन्दै ३ जना दलित बालवालिकामाथि कुटपिट भएको छ । बिहिबार दिउँसो सोही गाउँपालिका वडा नम्बर ३, बेर्ना बजार नजिकै स्थानीय होटल संचालक बाँचा भण्डारीले आफ्नो होटलमा पानी छोएको निहुँमा जातीय जालीगलौजसहित कुटपिट गरेकी हुन् । संचालक भण्डारीले ३ नम्बर वडाका प्रेम विक, ५ नम्वर वडाका अर्जुन विक र पवन विकलाई जातीय विभेदसहित गालीगलौज गर्दै कुटपिट...

‘भिजिट भिषा’ मा अनुसन्धान गर्ने डिएसपीलाइ नारायणकाजीले गरेका थिए सरूवा

‘भिजिट भिषा’ मा अनुसन्धान गर्ने डिएसपीलाइ नारायणकाजीले गरेका थिए सरूवा
काठमाडौँ, ९ जेठ । नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थी भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, कागज किर्तीलगायतका गम्भीर अपराधको अनुसन्धानमा संलग्न हुँदा धम्की, राजनीतिक दबाब र अन्ततः सरुवासम्मको चपेटामा परेका थिए।   ३० वर्षसम्म प्रहरी सेवामा रहेर कर्तव्यनिष्ठ ढंगले काम गरेका पन्थी ५८ वर्षको उमेरमा गत भदौ १६ गते अनिवार्य अवकाशमा गए। उनले कार्यकालभरि मानव तस्करी, ठगी, हत्...

नवबिबाहिता मृत्युमा दाइजो प्रकरणः मुख्य आरोपी फरार, जोगाउन चलखेल

नवबिबाहिता मृत्युमा दाइजो प्रकरणः मुख्य आरोपी फरार, जोगाउन चलखेल
सञ्जय मिश्रा  रौतहट १ जेठ । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै  नवविवाहित मुस्लिम महिलाको मृत्युको घटनासँग जोडिएका मुख्य आरोपी फरार भएका छन्।  घटनालाई दबाउन दोषीलाई कारवाहीबाट बचाउन अहिले बिचौलियाको चलखेल सुरु भएको छ। बिचौलियाले प्रहरीसँगै पीडित परिवारलाई अनेकन दवाब र प्रभावमा पार्न चलखेल सुरु गरेका हुन्। कटहरिया–३ बड़ेरवा टोलमा घरभई हाल कटहरिया– ५ बजार क्षेत्...

सिम्रौनगढको मेयर चढने गाडी दुर्घटना

सिम्रौनगढको मेयर चढने गाडी दुर्घटना
सञ्जय मिश्रा रौतहट  ३१ बैसाख। बारा सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटनाग्रस्त भएको छ।   रौतहटको चन्द्रनिगाहपुरबाट कटहरीया हुदै सिम्रौनगढ तर्फ जादै गरेको बा २ झ ४३५४ नम्बरको  मेयर स्कारपियो गाडी देवाही गोनाही नगरपालिका ५ नारायणचोक देखि २०० मिटर उत्तर तर्फ  बाटोमा दुर्घटना भएको हो।आफै अनियन्त्रित भई दुर्घटना हुदाँ गाडी पुर्ण रुपमा क्षती भएको ...