काठमान्डौँ , साउन ३
हरितालिका तिजको पूर्व सन्ध्यामा आफना सिर्जनाहरु विभिन्न सर्जकहरुले लोक पारखीहरुका लागी फरक किसिमको गीत संगीत बजारमा आउने क्रममा शुभारम्भ डिजिटल प्राली प्रस्तुतीमा सन्तोश चापागाँई र हिमाल मगरकको मौलिक तिजको कोशेली“डाँडैमा घर छ” को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । खुमन अधिकारी र कुसुम गुरुङको सुमधुर आवाज गीत तयार परिएको छ । तीजमा नेपाली नारीको पिडा र ब्यथालाई गीतको माध्यमबाट तयार पार्ने गरिन्छ । गीतलाई जिवन्तता दिने काम गरिएको छ । गीतमा नेत्र अर्यालको शब्द तथा लय सिर्जना रहेको छ । गीतको डान्सिङ भिडियोलाई आशिष जिम्वाले क्यामेरामा कैद गरेका छन् भने डान्सिङ गीतहरुमा ख्याति प्राप्त निर्देशक दिपक अधिकारीले निर्देशन गरेका छन् । साथै कलाकारको अभिनयलाई जिवन्त राख्दैको भिडियो सम्पादन रमित ओलीले गरेका हुन् । भिडियोमा रिना , रविन्द्र , दामोदर र पृथ्वी राज को अभिनय रहेको छ ।

भिडियो –

तपाईको प्रतिक्रिया