रोशन पोखरेल , काठमान्डाँै , साउन ११
लोक तथा दोहोरी गायक तथा सर्जक रोशन वली र गायिका तथा सञ्चारकर्मि कुसुम हमालको आवाजमा रहेको लोकन्मुख लोकभाका मा आधारित तीजको मौलिक गीत “सरकारी माया ” को भिडियो युट्युवबाट सार्वजनिक भएको छ । तीज गीतहरुमा माया प्रेम र वेदनामा आधारित गीत लाई नेपाली नारीहरुले अधिक मन पराउने र महिला हरुको महान पर्वमा आफनो प्रतिभा सवै दर्शक तथा स्रोताको माझँमा ल्याउन पाउदा खुशी लागेको गायक वलीले बताए
रोशन वलीको शब्द तथा मौलिक लय सिर्जनामा मायामा भावनाहरुलाई गीतको माध्यमबाट ब्यक्त गरिएको यस गीतको म्यूजिक भिडियोको निर्देशन निशान एस के ले गरेका हुन् भने छायाड्ढन सन्तोष लामा तथा सम्पादन प्रकाश एस के ले गरेका छन् । गीतको भिडियोमा मायालु जोडिको भुमिकामा आरुषी मगर र निशान एस के को अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया