रोशन पोखरेल,काठमान्डाँै, साउन ११
तीजका अवसरमा आफ्नो विभिन्न सांगीतिक कोसेली लिएर आउने लोकदोहोरी गायक तथा गायिकाको क्रम बढ्दो मात्रामा रहेको छ ।मालती डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा विनोद बावु केसी र गायिका सुमित्रा काफलेको आवाजमा तीजको कोशेली “टल्कियो टलक्क सितारा”को भिडियो सार्वजनिक भएको छ । नेपाली हिन्दु नारीहरुको महान पर्व नजिक आउदै गर्दा आम दर्शक तथा स्रोताको माग अनुसार आफुले गीतलाई बजारमा ल्याएको गायिका सुमित्राले बताइन ।
मौलिक एवं सांस्कृतिक पर्वको रुपमा परिचित तीजको अवसरमा आफनो सिर्जनालाई बजारमा ल्याउन पाउँदा निकै खुशी लागेको गायिका ले बताइन । डम्वर चन्द बगरको शब्द तथा लय सिर्जना गीतको भिडियोमा रहेको छ । गीतको भिडियोलाई अजयको छायाँकन , दिपक विष्टको सम्पादन , र कुशल निर्देशन काजिश श्रेष्ठले गीतको भाव अनुसार कुशलताका साथ निर्देशन गरेका छन । गीतको भिडियोमा प्रेमिल जोडिको रुपमा करिष्मा ढकाल , सुमन परियार , र मनिस कार्कि को दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया