राजु बोहरा–काठमाडौँ । मानिसको जिबनमा एक सरो लुगा र खानपिन संगै संगीत पनि अपरिहार्य हुने गर्दछ ।त्यसैले पनि यहाँ धेरै कलाकारहरुले संगीत पारखीहरुलाई लक्षित गर्दै बिभिन्न गीत संगीत पस्किरहेका हुनछन् । सोहि क्रममामा यति बेला राम्जी बुढाथोकीले एक युवतीको रुपको प्रसंसा गर्दै “कालो कोठी” बोलको गीत भर्खरै बजारमा ल्याएका छन् । रोमान्चक धारमा तयार भएको यस गीतमा राम्जी बुढाथोकी र बिस्वरी देबी बि.क को सुमधुर स्वर सुन्न सकिन्छ ।

राजेश ओलीको लय र राम्जी बुढाथोकी कै शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा प्रविन थापा र रुबिना लामाको अभिनय देख्न सकिन्छ । मनलाई आनन्दित तुल्याई आफ्नै गाउँवस्ती र कुना कन्दराको झल्को दिने यस भाकाको म्युजिक भिडियोलाई निर्देशन प्रविन थापा, छायांकन नबराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया