रोशन पोखरेल , काठमान्डाँै , साउन २७ विदेशी भुमिमा रहेर पनि नेपाली लोक गीतलाई निकै माया गर्ने गायक जिवन पुन र गायिका देवी धर्ति मगरको आवाजमा रहेको निकै मार्मिक लोकदोहोरी गीत ‘धनले टाडा ’ बोलको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा पिडाको भावलाई समेटिएको छ । विभिन्न बाध्यताले आफनी मायालु भन्दा टाडा हुनु पर्दाको पिडालाई गीतमा ब्यक्त गरिएको छ । जिवनको सबै भन्दा कठिन अवस्थालाई मार्मिक रुपमा चित्रण गरिएकाले दर्शक तथा स्रोताले मन पराउने गायक जिवनले बताए । राजेश घिमिरेको छायाँकन , अमर शाक्यको सम्पादन , कपिल लामाको निर्देशन गीतमा रहेको छ भने विमल अधिकारी र सारिका केसी को अभिनय गीतमा रहेको छ । हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया