काठमान्डाँै , भदौ १८
शिव दर्शन म्युजिक प्रालीको प्रस्तुतीमा समर्पित मन पुष्कलकको निकै मार्मिक लोकदोहोरी गीत “दुई मुटुको बन्धन” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक रामजी खाड र गाकिया देवी धर्ति मगर आवाज रहेको छ ।
मायालु जोडिको दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ । तिलक बहादुर ओली र शिव कुँवरको शब्द तथा पुष्कल कुवँरको मौलिक लय सिर्जनामा गीत तयार पारिएको छ । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा सागर थापा र सारिका केसीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया