राजु बोहरा–काठमाडौँ । पोहोर सालको तुलनामा प्रतिभा म्युजिक प्रालिले यो साल दशैँ गीतहरुलाई अलि बढी मात्रामा सार्बजनिक गरिरहेको छ । त्यसो त दशैँ गित मात्र नभई विभिन्न गीत संगीत प्रकासन गर्नुमा प्रतिभा म्युजिक प्रालि ले आफ्नो उच्च स्थान कायम राखेको छ । सोहि क्रममा यतिबेला वर्षा सिलवालको दशैँ बिशेष गीत “निधार रह्यो खालि” पनि भर्खरै सार्बजनिक गरेको छ । यस गीतमा घमेश दुलाल र वर्षा सिलवालको सुमधुर स्वर रहेको छ ।

वर्षा सिलवालको लय र प्रकाश पुरीको घत लागो शब्द बाट सुसजित यस गीतको म्युजिक भिडियो पनि मनै थाम्न गाह्रो हुने भावमा तयार भएको छ । भिडियोमा कृष्ण दुलाल, बर्षा सिलवाल र सिलवाल परिवारको अभिनय देख्न सकिन्छ । गीतको भाव अनुसार परदेश पुगेका आफ्नो श्रीमान यसपालिको दशैँमा पनि घर नफर्किने भए पछी गायिका बर्षाले बिलौना गरेको छिन् ।

यस गीतको म्युजिक भिडियोलाई निर्देशन गायिका बर्षा सिलवाल स्वयम् ले गरेकी हुन् भने छायांकन तथा सम्पादन युबराज खत्रीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया