अस्ट्रेलिया निवासी नव गायक बिष्णु हरी पौडेलले गीत ”हुलाकी” हालसालै मात्र सार्बजनिक गरेका छन । अस्ट्रेलियामा नै रहेर निकै लामो समयदेखि सगीत कर्ममा लागेका संगीतकार तथा गीतकार किरण भण्डारीको शब्द तथा संगीत रहेको यो गीतमा प्रवासमा रहेर नेपालको याद र मर्मलाइ गहकिलो ढंगले प्रस्तुत गर्न खोजिएको छ । गीतको म्युजिक भिडियोमा गीतको भावअनुसार हुलाकीले आफ्नो देश , आफन्तजन , र बिशेषगरी मायालुको यादरुपी चिनो ल्याए पनि आफु भने विदेश भुमिमा मेहनत र परिश्रम गर्दै गर्दा कतिपय कुराहरु भावना भित्र मात्रै सिमित रहेको र चराले आफ्नो गुड सम्झेर सधै फर्किने मात्रै बारेमा सोचेको तथ्यलाइ बिम्वात्मक रुपमा प्रस्तुत गरिएको छ । नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा करिश्मा ढकाल र सुमन देवकोटाको मार्मिक अभिनय रहेको छ बुद्ध थापा र किरण भण्डारीको सिनेमाटोग्राफी सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारी डी ओ पी रहेको भिडियोलाइ फाटी प्रोडक्सनले निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया