काठमाडौँ कार्तिक १६ – नेपाली लोक गितमा नयाँ-नयाँ स्वाद प्रयोग गरेर सफलता हासिल गरिरहेका संगीतकार हुन बसन्त थापा । कहिले डाँडै फुर्के सल्लो त कहिले बाघको शालिक कहिले वारी घुम्टे, कहिले माछा मिठो असला, गितले नेपाली गित संगीतमा आफ्नो हैकम जमाइरहेका थापा एस्पाली भने अतिनै पृथक गिति एल्बम “म त गाउँले ठिट” लिएर आएका छन् । यस गीतमा गाउँबाट सहर झरेपछी, सहरको रहन सहनमा नमिल्दा र हावापानी अनि परिवेश संग परिचित नहुदा बिरामी भएर अस्पताल पुगेका थापा काल्पनिक रुपमा नर्सको मायाजालमा फसेको कथालाई अत्यन्तै सुन्दर तरिकाले प्रस्तुत गरियको छ ।

प्रथम खड्काको निर्देशनमा तयार भएको भिडियोमा मोडेल जुना सुन्दासले मिठो अभिनय गरेकी छिन् भने सब्द दिपेन्द्र अधिकारिले कोरेका छ्न् । गाउँबाट सोझो केटो सहर झरेपछी कसरी परिवर्तन हुन्छ भन्ने बिषयलाई भिडियोमा कलात्मक तरिकाले प्रस्तुत गरिएको छ, र केटा तर्फ थापा आफैले लोभ लाग्दो नृत्य र नाटक गरेका छन् । गित लोक भाकामा तयार भयता पनि लोक पप बिधाबाट सार्बजनिक गरियको छ । उक्त गिति एल्बम हिजो बिहिबार छ बजे लोकप्रीय सर्जक एक नारायण भन्डारिको आतिथ्यतामा सार्बजनिक गरियको थियो ।

गितले चौबिस घन्टा पुग्न नपाउदै तिस हजारको हाराहारिमा भ्युर्स बटुलेको छ भने लाइक र कमेन्ट पनि अनगिन्ती रुपमा बटुलिरहेको छ । थापाको हाल सालै बजार तताएको सृजना “सालको पातको टपरी”ले इतिहास रच्ने क्रममा छ भने आगामी सृजना पानिले भिरालो खोज्यो, चौतारिको बर, बाबियोको बरियो लगायत गीतहरु बजारमा आउने तयारी अबस्थामा रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया