एजेन्सी – अहिले बलिउडमा अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाहको बारेमा निकै चर्चा भइरहेको छ । यही नोभेम्बर १४ र १५ मा इटालीमा विवाह गर्ने तयारीमा रहेका अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले विवाहका लागि मंगलसुत्र किनेका छन् । बलिउडमा अभिनेता तथा अभिनेत्रीहरुको विवाहको चर्चा चलिरहेका बेला हुन लागेको आफ्नो विवाहका लागि उनीहरुले मंगलसुत्र किनेका हुन् । विवाह गर्ने तयारी गरेको दीपिका र रणवीर दुवैले सामाजिक सञ्जालमा आफ्नो विवाहको कार्ड शेयर गरेका थिए ।

भारतीय मिडियाका अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले विवाहका लागि २० लाख भारतीय रुपैयाँको लागि मंगलसुत्र किनेका छन् ।उनीहरुको विवाहको विषयलाई लिएर विभिन्न खबरहरु आइरहेका बेला अहिले दीपिकाले आफ्नो विवाहका लागि मंगलसुत्र किनेकी हुन् ।

तपाईको प्रतिक्रिया