समाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल बनेको छ, जसमा भालुको एउटा बच्चा हिउँले ढाकिएको पहाड चढ्ने अनवरत प्रयासमा रहेको देखिन्छ ।

इन्स्पिरेशन अर्थात प्रेरणा ट्याग राखेर यो भिडियो शेयर गर्नेहरु धेरै छन् । भिडियोमा देखिन्छ कि एक बच्चा भालु कसरी आफ्नो आमासँग एक हिउँको पहाड चढ्ने कोशिश गर्छ । पहिलो पटकमै बच्चा भालु हिउ पहाड झण्डै उक्लिसकेको थियो । तर, घिस्रिएर फेरि तल पुग्छ । एक पटक त यस्तो लाग्छ कि अब बच्चा भालू अब मर्यो। तर बच्चा भालूले अति कठीन अवस्थामा प्रयास गरिरहन्छ।

सामाजिक सञ्जालमा मानिसहरुले यो फुटेजलाई खुब मन पराएका छन् र असफलताले नै सफलता दिलाउने प्रेरणा मानेका छन् ।

तर, यो भिडियोको वास्तविकता के हो ? यो भिडियो बनाउने रुसी फोटोग्राफर दिमित्री केद्रोवलाई अहिले रसियन प्रहरीले अनुसन्धान गरिरहेको छ। प्राकृतिक रुपले पहाड चढिरहेको बेला आमा भालूले आकाशमा ड्रोन उडेको देख्छ र आफ्नो बच्चालाई खतरा सम्झेर उक्लन लागेको बच्चालाई धकेलेर फेरी तल खसाउछ।

भिडियोलाई ध्यानपूर्वक हेर्ने हो भने पनि थाहा हुन्छ कि कुनै कुनै बेला ड्रोनकै कारण भालुले सहज महसुस गर्दैन ।

नेशनल ज्योग्राफीले त्यो समयलाई निकै महत्वपुर्ण भनेको छ, जब बच्चा भालु हिउँले ढाकिएको पहाड झण्डै उक्लिसकेको थियो । तर, ड्रोन त्यही उभिरहेको भालु नजिक पुग्छ र उसले पञ्जाले आक्रमण गर्न खोज्छ । त्यसपछि बच्चा भालु निकै तलसम्म पुग्छ ।

ड्रोनको अन्धाधुन्द प्रयोगको कारणले गर्दा निकै जनावरहरुलाई असर पुगिरहेको देखिन्छ।

तपाईको प्रतिक्रिया