काठमाडौँ – अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय रियालिटि शो नेपाल आइडलको दोस्रो सिजनबाटशंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। नेपाल आइडलमा निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग अभिनेता आसिफ शाह छन् ।नेपाल आइडल एपी वान टेलिभिजनमार्फत हरेक हप्ताको बिहीबार र शुक्रबार दुई दिन राती ८ः३० देखि प्रसारण भइरहेको छ । नेपाल आइडलका एपिसोडहरु युट्युब ट्रेन्डिङमा आफ्नो स्थान बनाउन सफल हुन्छन्।

हिजो प्रसारित नेपाल आइडलको एपिसोडबाट नेपाल आइडलले आफ्नो टप ५प्रतियोगी पायो। उक्त एपिसोडबाट दोलखाका पवन गिरी बाहिरिए । अब नेपाल आइडलमा सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल मात्र बाकी छन्। नेपाल आइडलबाट बाहिरिने प्रतियोगीको नाममा आफ्नो नाम सुनेपछि उनका आँसु थामिएनन्। उनले नेपाल आइडलले आफ्नो सांगीतिक तिर्खा मेट्न सहयोग गरेकोमा आभार व्यक्त गरे। साथै आउने दिनमा नेपाल आइडलले दिएको इज्जत, मान र सम्मान कायम राख्दै गीत, संगीतमा अघि बढ्ने वाचासमेत गरे।

तपाईको प्रतिक्रिया