काठमाडौं, १६ मंसिर । गायिका एवं राष्ट्रिय सभा सदस्य कोमल वली नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीमा परेकी छन् । दाङ जिल्लाकी वली नेकपाको प्रदेश ५ को कमिटीमा परेकी हुन् । नेकपाले दाङका २५ जनालाई प्रदेश समितिमा मनोनयन गरेको छ । जसमा पूर्व एमालेबाट १६ र पूर्व माओवादी केन्द्रबाट ९ जना रहेका छन् ।

पूर्व एमालेबाट प्रदेश समितिमा मनोनित हुनेहरुमा जोगबहादुर राणा, रेवतीरमण शर्मा, देवी पोख्रेल, टोपेन्द्र केसी, सरस्वती गौतम, शारदा स्वर्णकार, टीकाराम खड्का, गिरिराज केसी, मेनका पोख्रेल, लक्ष्मण आचार्य, शिवकुमार आचार्य, सीता न्यौपाने, जीतेन्द्रमान नेपाली, तुलसा केसी, कोमल वली र गङ्गा चौधरी रहेका छन् ।

त्यस्तै पूर्वमा माओवादी केन्द्रबाट लुमाकान्त न्यौपाने, तुलसीराम पुन, भीमकुमारी बाँठा मगर, भीमबहादुर वली, रामजी चौधरी, लुमबहादुर कार्की, लेखराज रेग्मी, रामबहादुर दहित र लीला शर्मा रहेका छन् । राप्रपाको केन्द्रीय सदस्य रहेकी वली तत्कालीन एमालेमा प्रवेश गरे पनि पार्टीको कुनै जिम्मेवारीमा भने थिएन् ।

तपाईको प्रतिक्रिया