राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपाली गीत संगीत बाट मौलिकता हराउंदै गयो भन्ने चौतर्फी प्रतिक्रिया आइरहँदा धेरै कलाकारहरुले आफ्नो मौलिकतालाई पछ्याउंदै आफ्ना सृजनाहरु बजारमा ल्याउन थालेका छन् । सोहि क्रममा प्रतिभावान कलाकार मुक्तिनाथ उप्रेतीले पनि एक मौलिक सृजनालाई भर्खरै बजारमा ल्याएका छन् । मुक्तिनाथको पछिल्लो गीत “झ्याई पारौं यसपाली” हो । उनको गीतको भाव अनुसार मुक्तिनाथले गायिका जानुका अधिकारी संग यसपालीको हिंउदमा झ्याई पार्ने सोच गरेका छन् । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतमा मुक्तिनाथ उप्रेती र जानुका अधिकारीको मौलिक स्वर रहेको छ ।

मुक्तिनाथ उप्रेतीको लय र मुक्तिनाथ उप्रेती अनि जानुका अधिकारीको शब्द बाट सुसजित यस गीतको म्युजिक भिडियोमा दिपा, शर्मिला, आशिस र सिदान्तको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन राम गौतमले गरेका हुन् भने छायांकन तथा सम्पादन शिशिर पोख्रेलले गरेका छन् । हामी मुक्तिनाथ उप्रेतीको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया