उनले अन्तवार्ताका क्रममा तालतालका कुरा गरेका कारण उनी निकै भाइरल भइन् । केही दिन यता सेलाएको उनको चर्चा फेरी अहिले तातेको छ । उनले पति गजुरेलसंगको सम्बन्ध विच्छेदलाई उत्सवका रुपमा मनाउने बताएकी छन् ।

त्यसैले उनले आफ्ना केही शुभचिन्तक र आफन्तलाई उत्सवमा सहभागी हुन निम्ता समेत दिएकी छन् । उनको सम्बन्ध विच्छेद भएको भोली एक वर्ष बित्दैछ । त्यसैले त्यो दिनलाई उनले स्वतन्त्र भएको दिनको रुपमा उत्सव मनाउन लागेको प्रतिकृया दिएकी छन् । उनले भोली आफ्नो नयाँ बानेश्वरस्थित बुटिकमा चियापान आयोजना गरेको बताइन् ।

उनले आफ्ना निकट र शुभचिन्तकहरुलाई चियापानको लागि बुटिकमा बोलाएको स्वीकार गरेकी छन् । त्यस वाहेक उनले सामाजिक सञ्जाल फेसवुक मार्फत पनि उत्सवमा सहभागी हुन आग्रह सहित निम्ता दिएकी छन् ।

मनोज र मिनाले एक वर्ष अघि आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका थिए । उनीहरुका दुई छोराछोरी छन् । छोरा मनोजसँग र छोरी मिनासँग बस्छन् । मिनाले नयाँ बानेश्वरमा एउटा बुटिक सञ्चालन गर्दै आएकी छन् । उनी फिल्म बनाउने योजनामा पनि रहेको बताएकी छन् ।

तपाईको प्रतिक्रिया