काठमाडौं, ११ पुष । नायिका करिष्मा मानन्धरले हिन्दू राष्ट्रका लागि सडक आन्दोलन गर्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालको सडक आन्दोलन गर्ने घोषणालाई ‘काशी जाने कुत्तिको बाटो’ भन्दै व्यङ्ग्य गरेकी हुन् ।

‘जब सिनियर नेताहरुको राजनीतिक एजेण्डा हेर्छु, छक्क पर्छु । हेर्दा पनि काशी जाने कुत्तिको बाटो भनेको जस्तो हिन्दू राष्ट्र बनाउनुपर्छ भनेर सडक आन्दोलन रे १,’ नयाँ शक्ति पार्टीकी नेतृसमेत रहेकी करिष्माले आफ्नो फेसबुक पेजमा लेखेकी छन्, ‘हामी ८० प्रतिशत हिन्दू हौं, यसमा कुनै शंका छैन । अनि हिन्दू धर्मले हरेक धर्मको सम्मान गर भनेको छ । हिन्दू धर्मलगायत हरेक धर्मले सिकाउने धर्म भनेको नै मानवता हो । हाम्रो धर्म हाम्रो आस्था हो, विश्वास हो, आत्मीय शान्तिको माध्यम हो ।’

राप्रपाका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र, राजसंस्था पुनस्र्थापना र संघीयता खारेजीको माग गर्दै आगामी फागुन ७ गतेदेखि शान्तिपूर्ण देशव्यापी जनसंघर्षको अभियान शुरु गर्ने घोषणा गरेकोमा असन्तुष्टि व्यक्त गर्दै करिष्माले धर्म हरेक मानवको नितान्त निजी नैसर्गिक अधिकार भएको बताएकी छन् । उनी अगाडि लेख्छिन्, ‘यस (धर्म)लाई राजनीतिसँग जोडेर किन भ्रम छरेको होला र?’

देशको समृद्धि सही नेतृत्व, नीति र पूर्वाधारले हुने भन्दै करिष्माले राजनीतिक कुरिती, भ्रष्टाचार तथा अन्य अनेकौं विषय रहेको औंल्याएकी छन्, ‘हाम्रो जातीय, भाषिक, धार्मिक विविधता भएको देशमा धर्मको विषयलाई लिएर राजनीति नगरौं । म हिन्दू हुँ र मेरो आस्थामा म गर्व गर्छु र सबै मानव जातिको आस्थाको सम्मान गर्छु । हरेक नागरिकलाई थाहा, छ देशको विकास र निकास कर्मले हुन्छ ।’

तपाईको प्रतिक्रिया