काठमाडौ । गायिका लिला केसीको ‘मृत्यु कहाँ छस्’ सार्वजनिक गरिएको छ । सुमधुर स्वरकी धनि केसीले हालै यस गीतको म्युजिक भिडियो सहित बजारमा आएकी हुन् । यस गीतको म्युजिक भिडियोमा अनिस,सविना,इन्द्र फिचरिङ छन् । प्रियजन राईको निर्देशन रहेको यो गीतको म्युजिक भिडियोमा मनिष कार्कीको सम्पादन छ ।

यस गीतमा उनलै शब्द लेखेकी छन् भने अहिलेका लोकप्रिय संगीतकार सनम पुरुषले संगीत भरेका छन् ।
छोटो समयमा नै चर्चा कमाउन सफल ‘मृत्यु कहाँ छस् ’बोलको गीत स्रोता दर्शक माझ लोकप्रिय बनिरहेको छ । लिला केसीले यस अगाडी ‘मैले पनि चाहेकै थिए’ गीत बजारमा ल्याएकी थिइन ।  पुर्वेली जुनतारा प्रालीले बजार व्यवस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया