राजु बोहरा–काठमाडौँ । आफुले माया गरेको मान्छे पराइको डोली चढेको प्रसंगमा एक निकै मन छुने गीत हालै सार्बजनिक भएको छ । नेपाली गीत संगीतको क्षेत्रमा सम्बन्धित श्रष्ठाहरुको यथार्थता लुकेको गीतहरु पनि बजारमा आइरहेका छन् । यसै भिडमा भर्खरै बजारमा आएको यो “एउटै हुने चाहना” बोलको गीत पनि सबिन प्रसाद चौलागाईंको जिबनी यथार्थता भनेर सार्बजनिक गरिएको छ ।

सबिनको जिबनी यथार्थतालाई मोडल सबिन गौतम, आयुष्मा कार्की र महेश नेपालले आफ्नो अभिनय मार्फत जिबन्तता दिएका छन् । गीतमा सबिन प्रसाद चौलागाईं र गीता देबी सुमधुर स्वर रहेको छ । महेश नेपाल द्वारा निर्देशित यस गीतको म्युजिक भिडियोलाई छायांकन सागर गौतमले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । “एउटै हुने चाहना” बोलको गीतमा लय रेशम थापाको रहेको छ भने शब्द महेश नेपालको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया