काठमाडौं, माघ २९ । प्रेमी, प्रेमिकाको रमाइलो अन्तरंग, आपसमा गहिरो प्रेम, नयाँ जोडी नयाँ र उत्साह यही विषयवस्तु र युनिक प्रेमकथामा निर्माण भएको नवोदित कलाकार सद्दाम हुसेनको म्यूजिक भिडियो अब छिट्टै आउदै छ ।

ओशो राजथला र लिजल श्रेष्ठको प्रस्तुति रहेको ‘के भयो मलाई’ गीतमा सद्दाम हुसेनसँगै रुपा कार्कीले अभिनय गरेका छन्। आर्यनविक्रम नेपालको निर्देशन रहेको म्यूजिक भिडियो निर्माण आदिल अन्सानी र गौरव सिग्देलले गरेका हुन्।

श्रृंगारको जिम्मेवारी अबिशिका श्रेष्ठ र ऋषिका शाहीले पाएका थिए। राज बानियँ र फिरोजकुमार क्षेत्रीले विशेष सहयोग गरेका छन्।

‘युवाहरुलाई प्रेम र समर्पणका बारेमा इमान्दार बन्न प्रेरित गर्ने गरी यो म्यूजिक भिडियोमा कथा बुनिएको छ, जब मानिस प्रेममा पर्छ त्यसको अनुभूति हरपल हुन्छ भन्ने सन्देश म्यूजिक भिडियोमा छ,’ हुसेनले भने।

तपाईको प्रतिक्रिया