काठमान्डौ फागुन ३- दोलखाली समाज यु ए इ ले बृहद दोलखाली भेला तथा बनभोज कार्यक्रमको आयोजना गर्दै वैदेशिक रोजगारी को सिलसिलामा दोलखा जिल्ला बाट यु ए इ गएका दोलखाली हरुको साझा सङगठन दोलखालि समाज यु ए इ ले यहि मार्च एक तारिख शुक्रबारका दिन दुबई स्थित कृक पार्कमा बिस्तृत दोलखालि भेला तथा बनभोज कार्यक्रम को आयोजना गर्ने भएको छ । समाजका उपाध्यक्ष सुनिल श्रेष्ठका अनुसार ३०० भन्दा बढी दोलखाली उपस्थित हुने उक्त कार्यक्रममा स्थानिय कलाकार हरुबाट बिबिध सास्कृतिक कार्यक्रम सन्चालन हुनुका साथै विविध खेलकुद तथा मनोरञ्जन का कार्यक्रम पनि सन्चालन गरिने भएको छ ।

हाल दोलखाली समाज यु ए इ को सदस्य सन्ख्या केहि कम भए पनि यो आर्थिक बर्स भित्रमा कम्तिमा ५०० सदस्यलाइ सदस्यता बितरण गर्ने योजनामा दोलखाली समाज यु ए इ रहेको छ । समाजका महासचिब एबम सङगठन बिभाग प्रमुख सन्तोस भुजेलका अनुसार हाल यु ए इ मा ३००० को हाराहारीमा दोलखाली रहेको भएता पनि दोलखाली समाजका कार्यसमितीका साथीहरुको कार्य ब्यस्तताका कारण सबै दोलखाली लाइ समेट्न नसकिएको तर यो बर्स भित्रमा धेरै दोलखाली साथीहरु समेटिने कुरा जानकारी दिएका छन् ।

दोलखाली समाजका अध्यक्ष नवराज बस्नेतका अनुसार दोलखाली समाज अब छिटै बैधानिक बन्ने सस्था लाइ जिल्ला प्रसासन कार्यलय दोलखामा दर्ता गर्नको लागी प्रक्रियाको थालनी भै सकेको र दसै अगाडी नै दर्ता भै सक्ने कुरा जानकारी प्राप्त भएको छ । उहाका अनुसार आज सम्म दोलखाली समाज यु ए इ ले गरेका सबै कार्यक्रमहरु यु ए इ स्थित नेपाली दूतावासलाइ जानकारी गराएर गरिएको साथै कतिपय कार्यक्रममा दूतावासबाट सहभागिता समेत रहने गरेको छ ।

मार्च एक तारिख मा हुने उक्त बनभोज कार्यक्रममा पनि यु ए इ मा रहने क्रियासिल सम्पुर्ण सङ्ह सस्था हरुलाइ निमन्त्रणा गरिने र इच्छुक दोलखा भन्दा बाहिर का साथी हरुलाइ पनि समाबेस गराउन मिल्ने कुरा सस्थाका सचिब एबम प्रचार प्रसार बिभागका सम्योजक लोक प्रसाद दाहालले बताएका छन् ।

तपाईको प्रतिक्रिया