मारुनी गीत ‘मलाई मेरै नेपाली’ लिएर गायिका बुनु श्रेष्ठ पुन नेपाली सांगीतिक बजारमा आएकी छिन गत बिहिबार गायिका बुनुले आफ्नै स्टुडियो साउण्ड मिलको यु ट्युब च्यानल बाट गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन । प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । पशुपति श्रेष्ठको छायाँकन तथा निर्देशनमा निर्माण भएको भिडियोमा मोडल साक्षी लम्साल, क्रिस्टिना केसी, गरिमा र आयुष्मान राजभण्डारी फिचरिङ छन् ।
बिनोद रञ्जितको कोरियोग्राफी रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोमा नेपाली मौलिकता झल्कने नृत्य तथा दृष्यहरु छायाँकन गरिएको छ । गायिका श्रेष्ठ उक्त गीतबाट लोप हुँदै गएको नेपाली कलासंस्कृतिको जगेर्नामा केहि योगदान पुग्नेमा आशावादी छिन् भने गीतका रचनाकार तथा संगीतकार प्रमोद कोईराला उक्त गीत आफ्नो सांगितिक यात्राका लागि महत्वपूर्ण भएको बताउँछन् ।
गायिका बुनु श्रेष्ठको आफ्नै स्टुडियो साउण्ड मिलमा रेकर्ड भएको गीतलाई उनकै श्रीमान् महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतमा वाद्यवादकहरु कुमार महाराज र भुवन गन्धर्वले ढोलक, तबला र मादल, अनुप दासले बेस गिटार, सञ्जिव बराईलीले लिड गिटार, गोपाल देवले बाँसुरी र कमल कुमार बि.क.ले सारङ्गी बजाएका छन्।
गायिका श्रेष्ठ उक्त गीतबाट लोप हुँदै गएको नेपाली कलासंस्कृतिको जगेर्नामा केहि योगदान पुग्नेमा आशावादी छिन् । करिब १२ वर्षको अन्तरालपछि नेपाली संगीत क्षेत्रमा कमब्याक भएकी गायिका श्रेष्ठ पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ नयाँ गीतहरु सार्वजनिक गर्दैछिन् । उनले केहि समय अघिमात्रै ‘छ कि छैन’, ‘भगवान मेरो (प्रायश्चित)’ लगायतका गीतहरु सार्वजनिक गरिसकेकी छिन् ।

तपाईको प्रतिक्रिया