सुनील ग्रोवर र कपिल शर्मा सँगै देख्ने इच्छा भएका फ्यानहरुलाई खुशीको खबर आएको छ। खबर अनुसार सुनील ग्रोवर छिट्टै नै ‘द कपिल शर्मा शो’मा देखिने भएका छन्। सुनील ग्रोवरले द कपिल शर्मा शो बाट नै आफ्नो पहिचान बनाएका थिए। र एकपटक उनी फेरी शोमा देखिने भएका छन्। तर यसपटक भने उनी डाक्टर गुलाटी वा गुत्थीको भूमिकामा नभई एक सेलिब्रेटीको रुपमा शोमा आउने भएका छन्।

आफ्नो शो ‘कानपूर वाले खुरानाज’ बन्द भएपछि सुनील अहिले सलमान खानसँग फिल्म भारतको सुटिङमा लागेका थिए। सोही फिल्मको प्रमोशनको लागि उनी कपिल शर्मा शो आउने भएका छन्। खबर अनुसार उनीसँग सलमान खान र कटरिना पनि आफ्नो फिल्मको प्रमोशनको लागि शो मा आउनेछन्।

सुनीलको आफ्नो शो बन्द भएपछि उनी कपिलको शोमा फर्कने भन्ने हल्ला फैलिएको थियो। तर उक्त शोका डाइरेक्टरले सुनील फिल्म भारतको सुटिङमा लागेकोले बन्द गरेको र फिल्मको शुटिङ सकिएपछि फेरी कानपुर वाले खुरानाज लिएर आउने बताएका छन्।

तपाईको प्रतिक्रिया