काठमाडौं । चलचित्र ‘प्रेमलीला’को प्रदर्शन मिति सरेको छ । सुरुमा माघ २५ गते प्रदर्शन मिति तोकिएको यस चलचित्रले त्यो मितिमा चलचित्र प्रदर्शन नगरेर फागुन १० गते प्रदर्शन मिति तोकेको थियो ।

तर, अहिले फेरि मिति सारेर चैत ८ गते प्रदर्शन मिति तोकिएको छ । चलचित्रकी निर्माता तथा अभिनेत्री दिपशिखा खड्काले फेसबुकमा स्टाटस लेख्दै चलचित्रमा पैसा मात्रै लगानी नगरेर आफ्नो भविष्यसमेत लगानी गरेकाले सहि मिति चुनेर चलचित्र प्रदर्शन गर्न चलचित्रको मिति सारेको बताएकी छिन् ।

लभ स्टोरीमा आधारित यो चलचित्रमा हिन्दी र नेपाली भाषा दुवै राखिएको छ । चलचित्रमा पबन गौतमको छायांकन रहेको छ भने चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा महेश खड्का, नविन कार्की र रबिराज शाहको संगीत रहेको छ ।

चलचित्रमा गायक राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । चलचित्रमा दीपशिखासँगै भारतीय अभिनेता अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया