पछिल्लो समय नेपालीहरु माझ मात्र होइन बिश्वभरनै पब्जी खेल लोकप्रिय रहेको छ ।

यस्तैमा यहि शब्दलाई लिएर नयाँ गीत पिरतीको पब्जी सार्वजनिक भएको छ । डीपी खनालले लेखेको गीतमा स्वर तथा संगीत भने संजय उपमान्य पाण्डेले भरेका छन् । राम्रो र रमाइलो गीत भएकाले दर्शकहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन् गायक पाण्डे ।

 

पब्जी खेलकै शैलीमा बनाइएको म्युजिक भिडीयोमा सुनिल परियार र रिता योन्जन फिचर्ड छन् । सूर्य योन्जनले निर्देशन गरेको म्युजिक भिडीयोमा सपना लम्सालको मेकअफ ,पवन सुस्लिंगको छायाकन र सम्पादन र ग्रूव्य ब्वाइजको कोरियोग्राफी समाबेश रहेको छ ।

 

तपाईको प्रतिक्रिया